Mero Chitwan
रवि लामिछानेसँग सरकारी वकिलको कार्यालयमा दोस्रो पटक बयान, अर्को पेशी तिहारपछि

पोखरा - सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार सरकारी वकिल कार्यालयले दोस्रो पटक बयान लिएको छ ।

 लामिछानेलाई बयानका लागि आज बिहान साढे १० बजे सरकारी वकिल कार्यालय लगिएको थियो । लामिछानेमाथि कास्कीमा जिल्ला न्यायाधिवक्ता कमला काफ्ले लगायत अनुसन्धान अधिकृतहरुले बिहानदेखि बेलुका करिब साढे सात बजेसम्म बयान लिएका थिए ।

कास्की अदालतबाट दोस्रो पटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय पाएको प्रहरीले यसअघि एक दिन ४ घण्टा बयान लिएको थियो । पोखराको सूर्यदर्शन सहकारीसहित ५ सहकारीको करोड ६५ करोड गोरखा मिडियामा लागेर हिनामिना गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो ।

रविमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन २०७४, संगठित अपराध निवारण ऐन २०६४, र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ । प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म अदालतबाट म्याद लिएर अनुसन्धान गर्न पाउँछ । कार्तिक १५ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले अब तिहार बिदा पर्ने भएकाले कात्तिक २० गते मात्र अदालत पेस गर्ने छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update