Mero Chitwan
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति

तेल अबिब । इजरायल र हमासबीच संघर्षविश्रामको अवधि थप चौबीस घण्टा लम्ब्याउने सहमति भएको छ । मध्यस्थकर्ता राष्ट्र कतारका अनुसार युद्धविश्राम बिहीबार रातिसम्म रहनेछ ।

६ दिने संघर्षविश्रामको अवधि सकिनै लाग्दा अन्तिम समयमा आएर दुवै पक्षबीच यस्तो सहमति भएको अल जजिराले उल्लेख गरेको छ । संघर्षविश्रामको यस अवधिमा हमास र इजरायलले थप बन्धक र कैदी रिहा गर्ने जनाइएको छ ।

यसअघि हमासले हिजो १० इजरायली र चार थाई नागरिकसहित थप १४ जनालाई मुक्त गरेको थियो ।

यसैबीच, इजरायलले वेस्ट ब्यांकको जेनिन सहरमा गरेको कारबाहीमा ८ र १४ वर्षका दुई बालकको गोली लागेर मृत्यु भएको छ । सो कारबाहीमा एक सिनियर इस्लामिक कमान्डरको मृत्यु भएको र अन्य १७ लडाकु समातिएको इजरायलले दाबी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update