Mero Chitwan
टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती

काठमाडौं । टी-२० आई सिरिजमा नेपालले अमेरिकालाई १ सय ७१ रनको चुनौती दिएको छ । अलराउन्डर कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालले निर्धारित २० ओभरको समाप्तीमा ६ विकेट गुमाएर अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य दिएको हो । कुशलले अविजित रहँदै ५४ बलमा ९२ रन बनाएका हुन् ।

नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो ।

तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५:४५ बजे सुरु भएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update