Mero Chitwan
इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासमा ड्रोन आक्रमण

एजेन्सी-इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार  लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ  ।

नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । 

टाइम्स अफ इजरायलका अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा प्रणालीद्वारा खसालिएका थिए ।
इजरायल र हमासबीच चलिरहेको द्वन्द्वको बीचमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भने “यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।”

इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update