Mero Chitwan
रवि लामिछाने पक्राउ, गाडीबाट आजै पोखरा लगिँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। उनलाई प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको हो। 

काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरीले सडक मार्ग हुँदै कास्कीको पोखरा लैजाँदै छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका होविन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताए। उनले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गरे । 

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update