Mero Chitwan
भीरमा फालेर छ वर्षीय छोराको हत्या

ढोरपाटन (बागलुङ)-बागलुङको ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update