Mero Chitwan
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको ३४ देशद्वारा निन्दा

काठमाडौं-लेबनानमा शान्ति सैनिकमाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्रले निन्दा गरेका छन् ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा ३४ वटा नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल युनिफिल देशहरुको संयुक्त वक्तव्य जारी गर्दै शान्ति सैनिकमाथि इजरायलले हालै गरेको आक्रमणको निन्दा गरेको हो । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह समेत गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबरजस्ती प्रवेश गरेका थिए । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३४ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको घटनाको छानबिन गर्न र शान्ति सैनिकको सुरक्षाका लागि आग्रह गरेका हुन् ।

इजरायली सेनाले हिजबुल्लाहलक्षित आक्रमण गर्दा ६ शान्ति सैनिकसमेत घाइते भएका थिए । लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खटिँदै आएका छन् ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षरकर्ता देशहरुले संघर्षरत पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न आह्वान गरेका छन् । यस्तो आह्वान गर्नेहरुमा नेपालसहित अर्मेनिया, अष्ट्रिया, बांगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड छन् । यसैगरी इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्ड, पोल्याण्ड, कतार, सियरालियोन, स्पेन, श्रीलंका, टर्की, युके र तान्जानिया छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update