Mero Chitwan
लेबनानको शान्ति मिसनमा इजराइली सेना जवर्जस्ती प्रवेश

एजेन्सी – दक्षिणी लेबनानमा रहेको  राष्ट्र संघीय शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेका छन् । घटनाको राष्ट्र संघले भर्त्सना गरेको छ ।

 इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको र त्यसपछि गोलीबारी पनि गरेको विविसीले जनाएको छ। यसबाट शिविरमा धुवाँ फैलिएको र १५ जना शान्ति सैनिकहरू घाइते भएका थिए। उनीहरूलाई छालामा जलन र पेट सम्बन्धी समस्या देखिएको छ।

 इजरायली रक्षा बल (आईडीएफ) ले भने घाइते सैनिकहरूलाई उद्धार गर्न यूनीफीलको आधार शिविरमा प्रवेश गरेको जिकिर गरेको छ । 

इजरायलले बारम्बार शान्ति मिसनलाई युद्ध चलिरहेको दक्षिणी लेबनानका क्षेत्रबाट हट्न आग्रएह गर्दै आएको छ। तर, यूनीफीलले यी आग्रहहरूलाई अस्वीकार गर्दै आएको छ।

लेबनानमा करिब ५० देशका १० हजार यूएन शान्ति सैनिक र ८०० जना सर्वसाधारण कर्मचारी तैनाथ छन् ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update