Mero Chitwan
बिपी राजमार्गमा यातायात दुईतर्फी, साना सवारीमात्र चल्न पाउने

काठमाडौं । बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ । साना सवारी साधनका लागि मात्र आवागमन खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो । उक्त खण्डमा हाल ट्रयाक निर्माण गरी साना सवारीसाधनको दुई तर्फी आवागमन खुलाइएको हो ।

बीपी राजमार्ग अर्न्तगत चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन सुधार गरी यसअघि राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्ने पनि सडक डिभिजन कार्यालयले जनाएको छ । त्यस खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातको समयमा यात्रा नगर्न कार्यालयले सूचनामार्फत सरोकारवालालाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update