Mero Chitwan
बर्दियामा नेपाल-भारत सीमामा गोली प्रहार

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ का बलराम लोध गोली प्रहारबाट गम्भीर घाइते भएका छन् ।

आइतबार राति करिब ७ बजे खेतमा काम गरिरहेको समय उनीमाथि गोली प्रहार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । घाइते लोधको ढाडमा गोली लागेको छ । गोली कसले चलायो भन्नेकुरा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका एसपी चित्राङत थापाले जानकारी दिए । 

भारतीय वनकर्मीले आफूमाथि गोली प्रहार गरेको घाइते लोधले जानकारी दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update