Mero Chitwan
उद्योग वाणिज्य संघ चितवनको  निर्वाचन सम्पन्न, आज राति ९ बजेदेखि मतगणना  सुरु गर्ने तयारी

चितवन : उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि आज भइरहेको निर्वाचनमा जम्मा दुइ हजार चार सय चौध मत खसेको छ ।आज साँझसम्म भएको निर्वाचनमा कुल मतको ८१ प्रतिशत मत खसेको  छ । उद्योग वाणिज्य संघ चितवनमा जम्मा दुई हजार ९७४ मतदाता रहेका छन् ।

निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले आज राति ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको बताएका छन् । आजको निर्वाचन निकै शान्त र सौहार्दपूर्ण वातावरणमा भएको छ। 

निर्वाचनमा अध्यक्षका लागि सुमनकुमार श्रेष्ठ र सिरिष पन्त प्रतिस्पर्धामा छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योग) मा अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष ९वाणिज्यतर्फ० रजनी मास्के र राजेन्द्र ओली तथा उपाध्यक्ष (कर्पोरेट÷वस्तुगत) तर्फ जनक पौडेल र नारायण प्रधान प्रतिस्पर्धामा छन् । 

यस्तै, कार्यसमिति सदस्य (महिलातर्फ) अस्मिता तिमिल्सिना र योगिता पिया, कार्यसमिति सदस्य (कर्पोरेटतर्फ) अमित कौडेल र राजकुमार कानु र कार्यसमिति सदस्य ९उद्योगतर्फ० अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोख्रेल, पूर्णिमा जोशी श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, महेश लामिछाने, रुद्र सुवेदी, लिलबहादुर क्षेत्री, शंकर अधिकारी, हिम्मत पुरी र हेमराज सिग्देल चुनावी मैदानमा छन् । 

कार्यसमिति सदस्य ९वस्तुगततर्फ० दीपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकरप्रसाद घिमिरे तथा कार्यसमिति सदस्य (वाणिज्यतर्फ) कृष्णबहादुर केसी, गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुसाल र सुनिता लिगल कर्माचार्य उम्मेदवार छन् । 

वस्तुगततर्फका चार जना र क्षेत्रीय संघतर्फका एक जना सदस्य भने निर्विरोध भइसकेका छन् । आवश्यक संख्याभन्दा बढी उमेदवारी नपरेपछि पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । 
वस्तुगततर्फ सदस्यहरू दीपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकरप्रसाद घिमिरेको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी क्षेत्रीय संघतर्फ कार्यसमिति सदस्यमा मणिरत्न शाक्य निर्विरोध भएका छन् । 


 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update