Mero Chitwan
रत्ननगर सांस्कृतिक खाना महाेत्सव हुँदै,  ३० वटा स्टल रहने

रत्ननगर : पूर्वी चितवनकाे रत्ननगर टाँडीमा हुने पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र पारिएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत पुस २९ गतेदेखि माघ ४ गते सम्म साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव हुँदै छ ।३२ वटा स्टल रहने खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।

रत्ननगर महाेत्सव टिकाैली चाैरमा २६ गते उद्घाटन हुँदै छ । टिकाैलीमा महाेत्सव गर्दा टाँडी बजार अझेलमा पर्न नदिन साँस्कृतिक खाना महाेत्सव गरिएकाे विसुरालले जानकारी दिए । खाना महाेत्सवका स्थानीय खानाकाे परिकारकाे बजारीकरणमा जाेड दिइएकाे छ । दिउसाे टिकाैली स्थित महाेत्सवमा रमाउने र साँझ टाँडीमा गीत संगित तथा खानाका परिकारकाे स्वादकाे मज्जा लिने गरी खाना महाेत्सव गरिएकाे हाे ।

रत्ननगर महाेत्सव पाैष २६ गते राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । यस पटककाे महाेत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update