Mero Chitwan
दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरियतामा विश्वकै दोस्रो नम्बरमा

काठमाडौँ-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ बरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए । 

 नयाँ वरियतामा अलराउन्डरतर्फ इङग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन् । ऐरीको दुई सय ३० रेटिङ छ भने लिविगंस्टोनको दुई सय ५३ छ । 

 यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरियतामा ब्याटिङतर्फ ऐरी विश्व बरियतामा ४३औँ स्थानमा रहेका छन् ।  यसअघि उनी ४५औँ स्थानमा थिए । अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा रहेका छन् । टी–ट्वान्टी टिम बरियतामा  नेपाल १७औँ स्थानमा रहेको छ।

त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरियतामा नेपालका आसिफ शेख ८२औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त बरियतामा ८७आँै स्थानमा छन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update