झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुई वटा बसबाट १४ शव निकालियो
काठमाडौं - काठमाडौंको नागढुङ्गानजिकै झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुई वटा बसबाट १४ जनाको शव निकालिएको छ ।
शनिबार बिहान पहिरो जाँदा धादिङको झ्याप्लेखोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
ती बसहरु एक्साभेटरको सहायताले निकालिएको हो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ २१:२५
प्रतिक्रिया दिनुहोस्