Mero Chitwan
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, स्थानीय त्रसित

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको स्थानीयले देखेका थिए । 

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update