Mero Chitwan
धरहरा आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौँ-संविधान दिवसका अवसरमा काठमाडौंको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै सर्वसाधारणका लागि खुला गरिएको हो । 

धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएकोमा २०७८ साल वैशाख ११ मा ओली नै उद्घाटन गरेका थिए । तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन । अहिले पनि ९८ प्रतिशतमात्र निर्माण सकिएको सहरी विकास मन्त्रालयले जनाएको छ । 

सरकारले अर्को व्यवस्थापन गर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने पाइने छ जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update