Mero Chitwan
आम आदमी पार्टीकी आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्दै

काठमाडौं- भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार साँझ दिल्लीका उपराज्यपाल विनय सक्सेनासमक्ष राजीनामा बुझाएका हुन् । 

केजरीवालको राजीनामासँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले उपराज्यपालसमक्ष आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेश गरेकी छन् । यसअघि मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आतिशीलाई चयन गरेको थियो। नयाँ मुख्यमन्त्रीले राज्यपालले तोकेको समयमा शपथ ग्रहण गर्ने र त्यसपछि नयाँ मन्त्रिपरिषद् गठन गर्ने आपले जनाएको छ ।

मुख्यमन्त्री केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नेछिन् । यसअघि सुष्मा स्वराज र शीला दीक्षित दिल्लीका मुख्यमन्त्री बनेका थिए । 

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update