Mero Chitwan
बागमतीका मुख्यमन्त्री लामाद्वारा रत्ननगरको हरियाली पार्क निरीक्षण

रत्ननगर - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले रत्ननगरको टिकाैलीमा निर्माणाधीन  हरियाली पार्ककाे अबलाेकन गरेका छन् ।

रत्ननगर नगरपालिकाले महत्वका साथ अगाडी बढाएको पार्कको निर्माणाधीन योजनाका बारेमा मुख्यमन्त्री लामाले अबलोकन तथा निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मेयर प्रलाद सापकाेटाले हरियाली पार्क निर्माण गर्नुकाे उद्देश्यकाे बारेमा जानकारी गराएका थिए । साे अबसरमा मन्त्री लामाले रत्ननगरमा निर्माणाधीन हरियाली पार्क उत्कृष्ट पर्यटकीय गन्तव्यकाे रुपमा विकास हुने भन्दै प्रदेश सरकारले थप लगानी गर्ने बताए ।

तेस्रो पर्यटकीय नगरी सौराहाको पर्यटनका साथै समग्र नगरमा आन्तरिक पर्यटन लगायतमा प्रचुर सम्भावना बोकेको उक्त योजना नगरले गौरवको रुपमा नौलो र आकर्षक योजना अगाडि बढाएकोमा खुशी ब्यक्त गर्दै लामाले समग्र नगरको टीमलाई प्रसंसासहित धन्यवाद दिए । 

योजना अबलोकनका क्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं प्रदेश सांसद उत्तम जोशी, खैरहनी नगरपालिका नगर प्रमुख शशी खनियाँ, रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, रत्नननगर वडा नं १० का वडा अध्यक्ष कलाधर पौडेल, रत्ननगर वडा नं ३ का वडा अध्यक्ष सोहेन्द्रराज खरेल, रत्ननगर वडा नं १५ का वडा अध्यक्ष आसिक तामाङ, रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरी, रत्ननगर वडा नं १४ का वडा सदस्य धिरेन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update