Mero Chitwan
सहकारी छानबिन प्रतिवेदन : रवि लामिछाने दोषी ठहर, कारवाहीको सिफारिस

 काठमाडौँ —सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

 गोर्खा मिडियामा ल्याएको ६५ करोड ५४ लाख रकम सबै सहकारीकै भएको  र उक्त रकम जीबी राई र रवि लामिछानेले चेक काटेर खर्च गरेको  समितिले सोमबार बुझाएको प्रतिवेदनमा उल्लेख छ ।  पैसा खर्च गर्न रविको संलग्नता रहेकाले कारबाहीको सिफारिस गरेको छ ।

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ ।

 सहकारीको रकम दुरुपयोग गरेको प्रमाण खोज्दै आएका छन् तर छानबिन समितिले उनको दोष पुष्टि हुने दर्जनौं प्रमाण जुटाएको छ ।

20240916_165627-1726486432.png
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update