Mero Chitwan
रत्ननगरमा भोलिदेखि राष्ट्रियस्तरको ब्याडमिन्टन, सम्पूर्ण तयारी पूरा

रत्ननगर - चितवनकाे रत्ननगरमा भाेली असोज १ गतेदेखि सुरु हुने दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिताकाे तयारी पूरा भएकाे छ ।

  पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा हुने प्रतियाेगिताकाे रत्ननगरका मेयर प्रलाद सापकाेटाले उद्घाटन गर्ने छन् । खेल भाेली विहान साढे ७ बजे उद्घाटन हुनेछ ।

राष्ट्रियस्तरको सो प्रतियोगिता विभिन्न छ वटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केवल न्यौपानेले जानकारी दिए ।

राष्ट्रियस्तरमा २० भन्दा बढी वरीयता क्रममा रहेका खेलाडी सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, बी लेबल खुल्लातर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्वितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी, भेट्रान्स ४५ वर्ष उमेर समूहमाथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ वर्ष उमेर समूहमाथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रियस्तरमा १० भन्दामाथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधितर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने क्लबका अध्यक्ष राजकुमार पुरीले जानकारी दिए ।

असोज ३ गतेसम्म चल्ने सो प्रतियोगिताको संरक्षकमा रत्ननगर नगरपालिका र सहयोगीमा वडा कार्यालय, सेन्टर कलेज, रिजाल फुड्स, राममणि न्यौपाने, विकास डल्लाकोटीलगायत रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा करिब २०० टिमको सहभागिता रहने क्लबका उपाध्यक्ष राजु भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update