Mero Chitwan
नारायणगढ–मुग्लिन सडकको नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन


चितवन- नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत सुरु भएको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update