Mero Chitwan
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौँ-नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चार रुपैयाँले भाउ घटाएको हो । 

 भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । 

निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update