Mero Chitwan
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन-खानेतेल बोकेर सिमराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update