चितवन–उद्योग वाािणज्य संघ चितवनको ५७ औं साधारणसभा अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा अध्यक्षका लागि सुमनकुमार श्रेष्ठ र सिरिष पन्त प्रतिस्पर्धामा छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योग) मा अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष (वाणिज्यतर्फ) रजनी मास्के र राजेन्द्र ओली तथा उपाध्यक्ष (कर्पोरेट÷वस्तुगत) तर्फ जनक पौडेल र नारायण प्रधान प्रतिस्पर्धामा छन् ।
यस्तै, कार्यसमिति सदस्य (महिलातर्फ) अस्मिता तिमिल्सिना र योगिता पिया, कार्यसमिति सदस्य (कर्पोरेटतर्फ) अमित कौडेल र राजकुमार कानु र कार्यसमिति सदस्य (उद्योगतर्फ) अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोख्रेल, पूर्णिमा जोशी श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, महेश लामिछाने, रुद्र सुवेदी, लिलबहादुर क्षेत्री, शंकर अधिकारी, हिम्मत पुरी र हेमराज सिग्देल चुनावी मैदानमा छन् ।
कार्यसमिति सदस्य (वस्तुगततर्फ) दीपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकरप्रसाद घिमिरे तथा कार्यसमिति सदस्य (वाणिज्यतर्फ) कृष्णबहादुर केसी, गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुसाल र सुनिता लिगल कर्माचार्य उम्मेदवार छन् ।
वस्तुगततर्फका चार जना र क्षेत्रीय संघतर्फका एक जना सदस्य भने निर्विरोध भइसकेका छन् । आवश्यक संख्याभन्दा बढी उमेदवारी नपरेपछि पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । उनीहरूको कोटामा मतदान हुनेछैन ।
वस्तुगततर्फ सदस्यहरू दीपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकरप्रसाद घिमिरेको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी क्षेत्रीय संघतर्फ कार्यसमिति सदस्यमा मणिरत्न शाक्य निर्विरोध भएका छन् । अब अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (उद्योग, वाणिज्य,कर्पोरेट र वस्तुगत) र सदस्यहरूका लागि मतदान हुनेछ ।
सम्बन्धित समाचार
उद्योग वाणिज्य संघ चितवनको साधारण सभा सुरु, अर्थतन्त्र उकास्नका लागि कदम चाल्न व्यवसायीको माग
उद्योग वाणिज्य संघ चितवन चुनाव : यस्ता छन् अध्यक्षका उम्मेदवार पन्तका वाचा
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै उम्मेदवारका एजेन्डा ?
चितवन उद्योग वाणिज्य संघ चुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशन
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन