Mero Chitwan
चिरञ्जीवी दाहालको छैटौं कृति 'बाघेझापु' बजारमा

काठमाडौं-    साहित्यकार चिरञ्जीवी दाहालको छैटौं कृति हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह 'बाघेझापु'  बजारमा आएको छ।

फित्कौली अनलाईन मिडियाले प्रकाशन गरेको 'बाघेझापु' मा समसामयिक विषयमा लेखिएका ४० वटा हास्यव्यङ्ग्य निबन्ध समावेश गरिएका छन् । हालै काठमाडौंमा आयोजित कार्यक्रममा दाहालको 'बाघेझापु' सहित आठवटा कृति एकै पटक विमोचन भएका हुन् । 

 'बाघेझापु' मा देशको राजनीति, साहित्य, समाजसेवा र कर्मचारी संयन्त्रमा हुने गरेका विकृति र विसङ्गतिको चिरफार गर्दै समाजका सबैजसो क्षेत्रमा तिखो तर शालीन प्रहार गरिएको छ । 

दाहालको यसअघि 'सम्वृद्धि' संयुक्त मुक्तक सङ्ग्रह, 'मुमूर्षा आत्मकथा, 'बहरमाला २' संयुक्त गजल सङ्ग्रह, 'ग्रीष्मजा उपन्यास, 'बहरमाला ३' संयुक्त गजल सङ्ग्रह गरि पाँचवटा कृतिहरू प्रकासित भइसकेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update