Mero Chitwan
टिकौली वनका उपभोक्तालाई जलवायु परिर्वतनसम्बन्धी प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं ९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जनबायु परिर्वतन अनुकुलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ ।

जलवायु परिर्वतनले जैविक विविधतामा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो ।

अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा सामुहिक अभियानको आयोजना तथा विजय विकास स्रोत केन्द्रको स्थानीय साझेदारीमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले उद्घाटन गरेका थिए । सो अबसरमा उनले जनबायु परिर्वतनका कारण मानब र वन्यजन्तुलाई समेत असर गरेको भन्दै यसको न्यूनीकरणको लागि समुदायको सक्रियता महत्वपूर्ण हुने बताए ।

मध्यवर्तीमा बसोबास गर्ने बासिन्दाहरु अब जैविक विविधता र वन्यजन्तु जोगाउन जलबायु परिर्वतनको असर न्यूनीकरणमा केन्द्रीत हुनुपर्ने बेला आएको उनले बताए ।

कार्यक्रममा सामुहिक अभियान काठमाडौंका प्रशिक्षक खेलमराज सापकोटा, विजय विकास स्रोत केन्द्रका प्रशिक्षकहरु विरभन्द्र सापकोटा र  हरिप्रसाद आचार्यले जलबायु परिर्वतनले जैविक विविधतामा गरेको असर र न्यूनीकरणको लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पार्दै सामुहिक अभियान काठमाडौंका प्रशिक्षक सापकोटाले जनवायु परिर्वतनको असर न्यूनीकरणको लागि समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गरिएको बताए ।

टिकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव शान्तिदेवी शर्मा ढकालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा वनका समिति, उपभोक्ता, टोल विकास संस्था र आमासमुह गरी ५० जनाको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update