चितवन- चितवनको रत्ननगरमा भोलि शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल प्रतिगोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको समन्वयमा रत्ननगर ८ स्थित बाघमारा खेल मैदानमा प्रतियोगिता हुने छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र शुक्रबार मेयर प्रलाद सापकोटाले उद्घाटन गर्ने खेलकुद विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । पहिलो वडा लिग प्रतियोगिता पनि गतबर्ष सोही खेलमैदानमा भएको थियो ।
केही समयपछि हुने रत्ननगर मेयरकप फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट गर्न र खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरिएको संयोजक चौधरीले बताए । प्रतियोगिताको प्रथम हुने टिमलाई ५५ हजार र दोस्रो हुने टिमलाई ३० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समितिका संहसंयोजक सौगात भूजेलले जानकारी दिए । प्रतियोगितामा १६ वटा वडाका १६ टिमले भाग लिएका छन् ।