चितवन-रुपन्देहीमा सरकारी कर्मचारीको संलग्नतामा १९ वर्षीय किशोरीमाथि सामूहिक जबर्जस्ती करणी भएको घटना सार्वजनिक भएको छ ।
कोटहीमाई गाउँपालिकाकी किशोरीमाथि सरकारीआावासीय तालिम दिने बहानामा यही भदौ ५ गते सरकारी कर्मचारीले नै सामूहिक जबरजस्ती करणी गरेको खुलेको हो । गाउँपालिकाको आवासीय तालिममा लैजाने भन्दै लुम्बिनीको एक होटेलमा पुर्याएपछि शिक्षा शाखामा कार्यरत एक कर्मचारी र कोटहीमाई- ३ का अर्का एकजनाले बन्धक बनाएर किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको बताइएको छ ।
किशोरीलाई पीडकले धम्की दिएपछि परिवारले घटना बाहिर ल्याएको थिएन । तर रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था कमजोर भएपछि औषधि उपचार गराउने क्रममा घटना बाहिरिएको हो । दौ १४ गते स्थानीय युवाले आरोपीलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
पीडितका बाबुले पनि १५ गते उजुरी दिएपछि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । बिहीबार लुम्बिनी प्रदेश सभा बैठकमा समेत रुपन्देहीका ५ जना प्रदेशसभा सदस्यले घटनाको छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।