Mero Chitwan
पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे अनसन 

मोरङ-कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन् । 

मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर आगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लङघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिइ घर पुर्‍याइएको थियो । 
    
'निषेधित क्षेत्रमा अनसन बसेपछि उहाँलाई नियन्त्रणमा लिइ उहाँकै घर लगेर छाडिएका थियौँ, अहिले निषेधित क्षेत्रभन्दा बाहिर बसेर उहाँले पुनः अनसन सुरु गर्नुभएको छ', उनले भने । 

दश वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क हुनुपर्नेलगायत माग राखेर पूर्वमुख्यमन्त्री कार्कीले अनसन सुरु गरेका हुन्। 

 कार्कीले अपराह्न ४ बजेदेखि अनसन सुरु गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update