Mero Chitwan
 अझै भेटिएनन् राप्तीमा बेपत्ता दुई युवक, खोजी जारी

चितवन-राप्तीमा बेपत्ता भएका दुई युवक अझै भेटिएका छैनन् ।  शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । 

भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भने, 'नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।'

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update