Mero Chitwan
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध*

चितवन-सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे सुक्खा पहिरो खसेको हो ।

 जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उनले बताए  ।

अपडेट : बिहान पौने ९ बजेदेखि यातायात पुन: सञ्चालनमा आएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update