Mero Chitwan
रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा

चितवन–चितवनको रत्ननगर नगरपालिकाले २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा गरेको छ । 

मेयर प्रलाद सापकोटाले स्वास्थ्यसम्बन्धी मौलिक हक स्थापित गराउँदै २० प्रकारको परिक्षण निःशुल्क गर्ने घोषणा गरेका हुन् । 

नगरपालिकाद्वारा आफ्नै लगानीमा सञ्चालित प्रयोगशालाहरुबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको हो। जसअनुसार एचआइभी परीक्षण, टाइफाइड, थायराइड, ब्लड सुगर, युरिक एसिड, कोलेस्टेरोल, युरिया, क्रेटिनिन, बिलिरुबिनलगायतका परीक्षण छन् । 

'नगरको समग्र विकासलाई निरन्तरता दिदै अती विपन्न वर्गका,नागरिक आर्थिक अभावले गर्दा पढ्न लेख्नबाट अथवा स्वास्थ्य सेवाको पहुँच बाट बन्चित भएका छन् भने हामीले निशुल्क रूपमा पढ्ने र बिरामीले उपचार सेवा नपाएको भए उपचार गर्ने ब्यबस्था मिलाएका छौ ।यदि कोहि आर्थिक अभावकै कारण उपचार वा शिक्षा पाएका छैनन् भने हामीलाई खवर गर्नुहोस् ।हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा नै हो,' मेयर सापकोटाले भनेका छन् । 

ratnagar-1725555664.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update