काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । प्राधिकरणले न्यूनतम् ४५ देखि अधिकतम २६५ रुपैयाँसम्म घटाएको हो ।
नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरी हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानका भाडा पनि घटाइएको प्राधिकरणले जनाएको छ।
काठमाडौं विमानस्थललाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ घटेको छ। घटेको हवाइ भाडा बुधबारदेखि नै लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
पोखराबाट भद्रपुरको भाडा २ सय रुपैयाँले घटेको छ। विराटनगर भैरहवाको भाडा १९५ रुपैयाँले घटेको छ। पोखरा विराटनगर १७५ रुपैयाँले घट्दा काठमाडौं धनगढी २२० रुपैयाँले घटेको छ।