Mero Chitwan
किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने

 

काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ६० करोड ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हो ।

दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नु पर्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानीअन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्न सहमति दिइएको हो ।

यो प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसान आन्दोलित छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update