Mero Chitwan
भरतपुरमा कुलोमा डुबेर बालकको मृत्यु

नारायणगढ (चितवन)-भरतपुर महानगरपालिका–२६ मा कुलोमा डुबेर आइतबार एक बालकको  मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ खयरघारी दुर्गा मन्दिरटोल बस्ने हरिबहादुर कुमालका ३६ महिनाका छोरा सन्देश कुमाल रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 
 
घर नजिकै रहेको कुलोमा खेल्ने क्रममा बालकको ज्यान गएको हो । बालक खेल्ने क्रममा कुलोमा परी घटनास्थलबाट दुई सय मिटर तल सोही कुलोमा फेला परेकामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार साँझ बालकको मृत्यु भएको हो । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update