Mero Chitwan
कसरी बँच्ने क्रोनिक मृगौला रोगबाट ?

पछिल्लो समय नेपालमा मिर्गौलाको समस्या भएका बिरामीको संख्या बढिरहेको छ। नेपालमा बर्सेनि ३ हजारभन्दा बढीको मृगौला फेल हुने गरेको तथ्यांक छ । असन्तुलित खानपान तथा अव्यवस्थित जीवनशैलीका कारण मृगौला बिग्रने सम्भावना उच्च हुन्छ । 

क्रोनिक मृगौला रोग-सीकेडी (CKD) भनेको मृगौला बिस्तारै बिग्रँदै जानु र फोहोर हटाउने, रक्तचाप सामान्य राख्नेजस्ता महत्त्वपूर्ण काम गर्न नसक्नु हो।

लक्षण 

क्रोनिक मृगौला रोग भएकाहरु धेरै व्यक्तिहरूमा थप उन्नत चरणहरू वा जटिलताहरू विकास नभएसम्म कुनै लक्षण देखिँदैनन। यदि लक्षण देखा पर्छन् भने निम्न समस्या देखा पर्न सक्छन्-

पिसाब सामान्यभन्दा धेरै पटक वा कम पटक हुनु

चिलाउने वा छाला सुख्खा हुने

थकित महसुस हुने

वाकवाकी लाग्ने

भोक नलाग्ने

तौल घटाउने प्रयास नगरी तौल घट्नु !

यस रोग धेरै उन्नत चरण भएका मानिसहरूमा यी पनि हुन सक्छन्-

ध्यान केन्द्रित गर्न समस्या

हात, खुट्टा, घुँडा  सुन्निने

मांसपेशी दुख्ने  

सास फेर्न गाह्रो हुने

बान्ता हुने

निद्रामा समस्या हुने

सासबाट अमोनियाजस्तो गन्ध आउने

जोखिम कारकहरू :

जो कोहीलाई जुनसुकै उमेरमा क्रोनिक मृगौला रोग विकास हुन सक्छ। यद्यपि, केही व्यक्तिहरू अरूभन्दा उच्च जोखिममा हुन्छन्। यसका जोखिम कारकहरू- 

मधुमेह

उच्च रक्तचाप

हृदय रोग

मोटोपन

६० वर्षभन्दा माथि सीकेडी वा मृगौला विफलताको पारिवारिक इतिहास

तीव्र मृगौला चोट (AKI) को व्यक्तिगत इतिहास

धुमपान वा सूर्तीजन्य उत्पादनहरूको प्रयोग

 मृगौला रोगका लागि कुनै उपचार छैन, तर उपचारले लक्षण कम गर्न र यसलाई अझ खराब हुन रोक्न मद्दत गर्न सक्छ।

तपाईंको उपचार तपाईंको रोगको चरणमा निर्भर हुनेछ

जीवनशैली परिवर्तन – तपाईंलाई सकेसम्म स्वस्थ रहन मद्दत गर्नका लागि

औषधि- सम्बन्धित समस्याहरू नियन्त्रण गर्न, जस्तै उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल

डायलाइसिस- मृगौलाका केही कार्यहरू प्रतिकृति गर्ने उपचार

मृगौला प्रत्यारोपण पाँचौ चरणमा पनि आवश्यक हुन सक्छ!

जीवनशैली परिवर्तन

मृगौला रोग भएका व्यक्तिहरूलाई सामान्यतया निम्न जीवनशैली सिफारिस गरिन्छ-

धुमपान बन्द गर्नुहोस् 

स्वस्थ, सन्तुलित आहार खानुहोस्

नुन सेवन प्रतिदिन ६ ग्रामभन्दा कम गर्नुहोस् जुन लगभग एक चम्चा हो 

नियमित व्यायाम गर्नुहोस्-हप्तामा कम्तिमा १५० मिनेट !

मदिरा सेवन नगर्नुहोस! औषधिहरू, जस्तै आईबुप्रोफेन, चिकित्सकको सल्लाहविना सेवन नगर्नुहोस् । यदि तपाईंलाई मृगौला रोग छ भने यी औषधिहरूले तपाईंको मृगौलालाई झन् हानी पुऱ्याउन सक्छन् । 

मृगौला रोग लाग्ने सम्भावना कम गर्न रोकथामका नियमहरू-

नियमित जाँच गराउनुहोस्

रक्तचाप नियन्त्रण गर्नुहोस् 

स्वस्थ आहार खानुहोस् 

नियमित व्यायाम गर्नुहाेस्

धुम्रपान त्याग्नुहोस्

दुखाइको औषधिको अत्यधिक प्रयोग नगर्नुहोस्  

(NMC NO. 27432)

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update