काठमाडौं-अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ।
ह्युस्टन प्रहरीले बुधबार प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि गोली प्रहार भएको थियो।
सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्। प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभइसकेको बताएको छ।
मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अनलाइन नेप्योर्कले जनाएको छ । मुना भोजपुरकी हुन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।