Mero Chitwan
रत्ननगरबाट हराएका तीन बालक परिवारको सम्पर्कमा

चितवन : पूर्वी चितवनबाट मंगलबारदेखि परिवारको सम्पर्कमा नरहेका बालकहरु भेटिएका छन् ।

रत्ननगर नगरपालिका ३ घर भएका जोनी तिमिल्सिना, लभ  महतो र कुश महतो बुधबार दिउसो साढे १२ बजे सम्पर्कमा आएका हुन् ।  उनीहरु मंगलबार साँझदेखि  परिवारको सम्पर्कमा थिएनन् । आधारभूत विद्यालय बेल्सीका प्रधानाध्यापक रामचन्द्र महतोका अनुसार तीन जना बालक घरबाट निस्किएर सौराहा गएर बसेको भेटिएका थिए ।

बुधबार बिहान उनीहरु परिवारको सम्पर्कमा आएको उनले बताए । लभ र कुश खैरहनी माध्यामिक विद्यालयमा अध्ययनरत छन भने जोनी आधारभुत विद्यालय बेल्सीमा कक्षा ३ मा अध्ययनरत छन । विद्यालयमा अनुशासन विपरित काम गरेको भन्दै अभिभावक ल्याएर स्कुल आउन भनेपछि विद्यार्थी सम्पर्कबिहीन भएको रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्लेले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update