Mero Chitwan
सिएमसी कर्पोरेट कप भदौ १४ देखि

चितवन-चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सिएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
 
भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा चितवन र नवलपुरका विभिन्न सङ्घ संस्थाको सहभागिता रहने छ । १६ संस्थाको सहभागिता रहने प्रतियोगिता आठ ओभरको हुने सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए । उनका अनुसार प्रतियोगिता बिहान र साँझको समयमा मात्रै हुनेछ ।
 
लिग विधामा रहेर खोलाइने प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार र द्वितीय हुनेलाई नगद रु २५ हजारसहित ट्रफी तथा मेडल प्रदान गरिने छ । 

पत्रकार सम्मेलनमा चितवन मेडिकल कलेज (सिएमसी) का प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर प्रतियोगिता गर्न लागिएको बताए । खेल क्षेत्रले मानव स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस क्षत्रको विकासमा आफूहरू सधैँ तत्पर रहने बताए । यस्ता प्रतियोगिताले भरतपुर भ्रमण वर्षलाई सफल बनाउनसमेत  सहयोग पुग्ने उनको भनाइ थियो । 

n

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update