संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच आरोप-प्रत्यारोप
काठमाडौं :प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ ।
प्रतिनिधसभामा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन् ।
सांसद् भट्टराईले उक्त शब्द उच्चरण गरेपछि माओवादीका सांसदहरुले उठेर विरोध जनाएका हुन् । माओवादी सांसद्ले विरोध जनाएपछि सांसदहरुबीच आरोप-प्रत्यारोप भएको हो। त्यसपछि सभामुख देवराज घिमिरेले सचिवालयलाई उक्त शब्दबारे छानबिन गरेर निर्णय गर्न निर्देशन दिनुभएको थियो ।
तर पनि माओवादी केन्द्रका सांसहरुले विरोध जनाएपछि हितराज पाण्डेलाई बोल्न समय दिनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १५:२६
प्रतिक्रिया दिनुहोस्