Mero Chitwan
'हेर्ने कथा' का प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भोजपुरका प्रकाश तामाङको नागरिकता तत्काल बनाउन निर्देशन दिएका छन् ।

उनले हिजो राति गृहसचिव एक नारायण अर्याललाई बोलाएर प्रकाशको नागरिकता छिटो बनाउन निर्देशन दिएका हुन् । सचिव अर्यालले दुई चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको यो खबर प्रकाशलाई पठाइसकिएको बताएका थिए ।

नागरिकता प्राप्त गरेपछि बैंक खाता खोल्न सकिने र उनर्ला सहयोग गर्न चाहनेले सहयोग गर्न मिल्ने प्रधानमन्त्रीको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update