Mero Chitwan
कालिगण्डकी साहित्य परिषदद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

चितवन-कालिगण्डकी साहित्य परिषद् चितवनले सोमबार एक समारोहबीच पुस्तक विमोचन, रचना वाचन र विद्यार्थी सम्मानको कार्यक्रम सम्पन गरेको छ । 

कार्यक्रममा कालिका नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरू मध्येबाट गत वर्ष एसईईमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने चतुर्मुखी माध्यमिक विद्यालयकी छात्रा सुस्मिता चेपाङ र राष्ट्रिय माध्यमिक विद्यालय समिपुरका छात्र किस्मत आचार्यलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा अग्निसागर उपाध्यायको खण्डकाव्य “म को हुँ " को सामुहिक विमोचन समेत गरिएको थियो । 

परिषदका सभापति गणेश शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मी नारायण चौलाइ प्रमुख अतिथि रहेका थिए भने वरिष्ठ साहित्यकार केशवराज आमोदी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । विमोचित खण्डकाव्य म को हुँ का विषयमा परिषदका उपसभापति चिरञ्जीवी दाहालले प्रकाश पारेका थिए । 

कार्यक्रममा कविहरू गोकर्ण मल्ल, चिरञ्जीवी दाहाल, गणेश पौडेल, रामलाल कुमाल,सुमन कडरिया, हेमराज अर्याल,रुविन पौडेल ,हेमा आचार्य, जानुका कोइराला लगायतका कविहरूले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update