Mero Chitwan
रवि लामिछानेको दाबी-गोरखा मिडियामा ऋण लिने प्रक्रियामा म संलग्न छैन

काठमाडौं-पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट ऋण लिने प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् । 

 सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिमा बयान दिँदै लामिछानेले सुप्रिम, सहारा, सूर्यदर्शनलगायतका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएका ऋणमा आफ्नो कुनै पनि संलग्नता नरहेको र आफ्नो हस्ताक्षर, कागजात, नागरिकतासहितका चिजहरू समावेश नभएको  बताएका हुन् । 

गोरखा मिडिया नेटवर्कमा आफूले प्रबन्ध निर्देशकका रुपमा मात्र काम गरेको तर, कार्यकारी प्रमुखको जिम्मेवारी अध्यक्ष जीबी राईको भएको लामिछानेको जिकिर रहेको उनको भनाइ छ । 

 समितिले ५० वटा प्रश्न तयार पारेर लामिछानेसँग बयानका लिएको हो । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि समितिले समितिले सोधपुछ गरेको छ । जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसद्ले गत जेठ १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिलाई दिएको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिँदैछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update