Mero Chitwan
बुङ खोलाले बगाएका कालिकाका बालक मृत फेला

भरतपुर-चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् ।

कालिका–७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए । घटनास्थलबाट करिब चार किमी तल कालिका–६ मिलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । 

मृत बालकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update