Mero Chitwan
बाढीले बगाउँदा माडीमा एक जनाको मृत्यु

चितवन : चितवनको माडीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । 

सोमबार दिउँसो परेको बर्षासंगै रिउ नदीमा आएको बाढीले बगाउँदा माडी नगरपालिका-९, कुसुमखोलाका अन्दाजी ५८ वर्षका काजीमान चेपाङको मृत्यु भएको हो ।

बगहीँबाट कुसुमखोलातर्फ (घर) फर्किने क्रममा खोला तर्न रिउ नदीमा हेलिएका उनलाई दिउँसो करीब २ बजेतिर बाढीले बगाएको थियो । कुसुमखोलाबाट बाढीले बगाई बेपत्ता भएका उनको शव दिउँसो ४:४५ बजे बगहीँ पुलभन्दा करीब ५०० मिटर तल (तल्लो तटीय क्षेत्रमा) भेटिएको वडाध्यक्ष घनश्याम दवाडीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update