Mero Chitwan
मंकीपक्स संक्रमणको जोखिममा नेपाल पनि छ: स्वास्थ्य मन्त्रालय

काठमाडौँ : सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।

मन्त्रालयले पूर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।

विश्व स्वास्थ्य सांगठनले गत साता मंकीपक्स अर्थात एमपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भैसकेको छ ।

helth-mn-480x768-1724064704.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update