Mero Chitwan
घट्यो अण्डाको मूल्य

चितवन- अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका हुन् । उनका अनुसार असार अन्तिम सातामा ठूलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ ।

यस्तै, ठूलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ । मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको लामिछानेको भनाइ  छ । देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको उनले बताए । किसानलाई अण्डा बिक्री गर्न समस्या भएकाले चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update