Mero Chitwan
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाल व्यापार मेला सुरु

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरेको हो ।

आजदेखि सुरु भएको मेला मङ्सिर १८ गतेसम्म चल्नेछ । मेलामा चीन, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक सङ्घको तर्फबाट ४० वटा स्टलसहितको पेभेलियन रहेको छ ।

महासङ्घका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बङ्गलादेशबाट आठ र पाकिस्तानबाट आठ गरी २१० वटा स्टलमा स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत र सभामुखले मेलाको अवलोकन गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update