डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न मतदाताहरूलाई बाइडेनको आग्रह

एजेन्सी-अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न आग्रह गरेका छन्। ट्रम्प देशका लागि गम्भीर जोखिम हुन सक्ने उनको भनाइ छ।
बाइडेनले ट्रम्प र उनका अनुयायीहरूलाई खतरनाक भन्दै अमेरिकी लोकतन्त्रको कदर गर्ने डेमोक्र्याटीक, जनतासंग ट्रम्पलाइ समर्थन नगर्न आग्रह गरे।
२०१७ देखि २०२१ सम्म राष्ट्रपति भएका ट्रम्पले राष्ट्रपतिका लागि रिपब्लिकन मनोनयनका लागि मैदानको नेतृत्व गरिरहेका छन् । उनी २०२० को चुनावमा पराजित भएका थिए। उनीमाथि संसद भवनमा दंगा भड्काएको लगायतका मुद्दा चलिरहेको छ । तीमध्ये एक मुद्दामा कोलोराडो अदालतले उनलाई उम्मेदवार बन्न मै रोक लगाएको थियो । त्यसको पुनरावेदनमाथि सर्वोच्च अदालतमा आगामी फेब्रुअरी ८ मा सुनुवाइ हुँदैछ ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० १७:४९
प्रतिक्रिया दिनुहोस्