Mero Chitwan
करको अन्योल हटाउन रत्ननगरमा अन्तर्क्रिया

चितवन : आर्थिक विधेक २०८१ ले संसोधन गरेका करको बिषयमा रत्ननगरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय चितवनको संयुक्त आयोजनामा आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

रत्ननगर उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत गंगाराम अर्यालले प्रशिक्षण दिएका थिए । करसम्बन्धी नयां व्यबस्थाका बारेमा व्यबसायी अन्योलमा परेकोले त्यसलाई चिर्न कार्यक्रम  गरिएको उनले बताए । 

कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनका प्रमुख कर अधिकृत निरन भट्टराई, रत्ननगर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल कृष्ण श्रेष्ठ, वडा नं. १० का वडा अध्यक्ष कलाधर पौडेल, रत्ननगर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा कर राजश्व समितिका संयोजक नवराज तिमलसिना, वरिष्ठ उपाध्यक्ष निराजन खनाल, रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु राजाराम रेग्मी, हरिशरण पाठक, गोपालराज कर्माचार्य, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञान वहादुर बिसुराल संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु सहित उद्योगी, व्यबसायीको सहभागिता थियो ।

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update